मनोबैज्ञानिक असरमा संचारकर्मी – हरेक दिन डर त्रासको विच समाचार बटुल्दै पत्रकारहरु
- चैत्र १३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हिंसात्मक घटना भएका स्थानमा लामो समयसम्म रिपोर्टिङमा खटिंदाको असर अहिले पत्रकारहरुमा देखीन थालेको छ । न्यू लाउण्ड्री अनलाइनका प्रमुख कार्यकारी अधिकृत अविनन्दन सेखरीले धेरै यस्ता पत्रकारहरु देखेका छन् । जसले आफ्ना संवाददातामा ट्रमा र मानसिक स्वास्थ्य समस्याको संकेत देखेका छन् ।
न्यूज लाउन्ड्री जस्तै अरु मिडिया हाउसहरुले पनि अहिले पत्रकारको मानसिक स्वास्थ्य सरोकारलाई गम्भीरतापूर्वक लिन थालेका छन् र हिंसात्मक क्षेत्रको रिपोर्टिङमा गएको केही समयपछि आराम गर्न समय दिन थालेका छन् ।
‘लामो समयसम्म हाम्रा संवाददाताहरु सन् २०२०मा भएको दिल्ली दंगाबाहेक अन्य दंगाग्रस्त क्षेत्रमा लामो समय रिपोर्टिङका लागि पत्रकार गएका थिएनन ।
उनी भन्छन्, ‘मलाई पनि मानिसक स्वास्थ्यबारे जानकारी दिन राम्रो ज्ञान छैन । तर, हामी सचेत छौं कि अत्यन्त विभत्स अवस्थालाई नजिकबाट हेरेका हाम्रा संवाददाताहरुमा स्वभाविक रुपमा मानिसक तनाव र ट्रमा हुनसक्छ ।’
आफू मानसिक स्वास्थ्यबारे जानकार व्यक्ति नभएपनि समाचारको दैनिक चक्र र सामाजिक सञ्जालबाट मात्र भएपनि केही समय टाढा रहन सके धेरै हदसम्म समस्या कम हुने उनी बताउँछन् । ‘नयाँ पुस्ताका केहीले नियमित रुपमै थेरापिस्टको परामर्श समेत लिने गरेका छन्, तर मेरो पुस्ताका लागि यो नसुनिएको विषय हो’, सेखरी थप्छन् ।
मनोपरामर्शदाताहरुका अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा रिपोर्टिङमा जाँदा पत्रकारले विभिन्न खाले जोखिमको सामना गर्नुपर्छ । तर, यस्तो परिस्थितिमा पत्रकार पनि पीडित हुनसक्छन् भनेर कहिल्यै सोचिँदैन ।
वल्र्ड एसोसिएशन अफ न्यूज पब्लिसर्शसँग कुरा गर्दै तुलसा विश्वविद्यालयकी मनोपरामर्शदाता एलना न्यूनम्यानले भनेकी छन्, ‘पत्रकार टेबलमा आउने अन्तिम व्यक्ति हुन् । उनीहरुलाई कथाको पात्र नबन्न तालिम दिइएको हुन्छ । तर, अरुका कथा ल्याउने काममा मात्र सीमित हुँदा पत्रकार पनि यसको असरमा परेका हुनसक्छन् भन्ने कसैलाई आभास नै हुँदैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments