धर्म/संस्कृति
जनजन परिचालन हुने महापर्व छठ मिथिला क्षेत्रमा सुरु
- चैत्र १३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
महोत्तरी ।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठ पर्व मनाइँदै छ। चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने पर्वको मुख्य दिन सोमबार व्रतालुले निराहार व्रत सुरु गरेका छन्।
षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य (अर्घ) दिने परम्परा छ। यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ।
कम्मरसम्म पानीमा चोपलिएर सूर्यलाई अर्घ्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ। सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अर्घ्य दिई व्रत समापन गरिन्छ। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ।
यो व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै वेलादेखि प्रारम्भ भएको मानिन्छ। यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments