रोनाल्डोको उच्च प्रदर्शनले पोर्चुगल बन्यो युरो २०२४ को छनोट खेलको बिजयी
- चैत्र १३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको उच्च प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ ।
पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा ६–० को सानदार जित निकाल्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । पोर्चुगलको फराकिलो जितमा कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक गोल गरे ।
पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकाल्न सफल भयो । लक्जेमवर्गमा आइतबार राति गोलको वर्षा भएको एकपक्षीय खेलको नवौं मिनेटमा रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता लिन सफल भयो । उनले नुनो मेन्डेसको हेडरलाई फाइनल टच दिएका थिए ।
१५औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बर्नाडो सिल्भाको क्रस पासलाई उनले हेडरमार्फत फारपोस्टमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो । उनले जोओ पाल्हिन्हाको पासलाई सदुपयोग गरे ।
३१औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो ।
पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि लिचेस्टाइनविरुद्ध पनि दुई गोल गरेका थिए । यससँगै रोनाल्डोले १९८ खेलमा १२२ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने तथा पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडी हुन् ।
७७औं मिनेटमा परिवर्तित खेलाडी ओटाभियोले गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । ७५औं मिनेटमा फेलिक्सको स्थानमा मैदान छिरेका उनले दोस्रो मिनेटमा नै अर्का परिवर्तित खेलाडी राफयल लियो पासमा गोल गर्न सफल भए ।
८५औं मिनेटमा राफयल लियो पेनाल्टीमा चुकेपनि ८९औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाए । लियो ७५औं मिनेटमा ब्रुनो फर्नान्डेसको स्थानमा मैदान छिरेका थिए ।
यस जितसँगै पोर्चुगलले समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा रहेको छ । पोर्चुगलको २ खलेबाट ६ अंक पुगेको छ । पराजित लक्जेमवर्ग १ अंक जोडेर पाँचौं स्थानमा छ ।
यही समूहको अर्काे खेलमा स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले तथा आइसल्यान्डले लिचेस्टाइनलाई ७–० ले पराजित गरेको छ ।
यस नतिजासँगै स्लोभाकिया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बोस्निया र आइसल्यान्डको समान ३ अंक छ । लिचेस्टाइन अंकविहीन हुँदै पुछारमा छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments