राजनीतिक संरक्षणको आडमा बिदेश पठाउने भन्दै ठगी हिंड्ने दुलाल समूह प्रहरीको फन्दामा
- चैत्र १३, २०७९ मा प्रकाशित
अमेरिका पठाइदिने नाममा एक जनासँग २० देखि ४० लाख रुपैयाँसम्म उठाइन्थ्यो
कासिन न्यूज,
काठमाडौं ।
आम र सोझा नेपालीलाई ठग्ने अरु कोही नेपाली नै हुन्छ भन्ने तथ्यहरु बेला बखत बाहिर आइरहेका हुन्छन् । विगत देखी यो प्रवृति चल्दै आएको छ । बिभिन्न शक्ति केन्द्रहरुको आडभरोषामा ठग्न पल्केकाहरुको कमि नेपालमा छैन् ।
त्यस्तै शक्ति केन्द्रको आडमा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिन्छु भन्दै ठगी हिड्नेमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार मोरङ पथरी घर भएका दुलाललाई पक्राउ गरेको छ ।
दुलालसहित ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङ पक्राउ परेका छन्।
हालसम्म ८१ जना पीडितले उजुरी दिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए। अमेरिका पठाइदिने नाममा एक जनासँग २० देखि ४० लाख रुपैयाँसम्म उठाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments