अदालतमा सोमबारका लागि पेशी तोकिएको सन्दिपको मुद्दाको सुनुवाइ सार्न आग्रह
- चैत्र १३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पहिले नै थुनछेक आदेश गरेर प्रतिवादीलाई थुनामा राख्नुपर्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मुद्दा परेकाले प्राविधिक रुपमा पनि मुद्दा मिल्दैन भनेर सन्दीप पक्षका कानून व्यवसायीले इजलासको ध्यानाकर्षण गराएका हुन् ।
लामिछानेका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् । जवाफमा न्यायाधीश घिमिरेले लिखित निवेदन माग गरेका जिल्ला अदालत काठमाडौंका एक कर्मचारीले बताए । इजलासले २ बजेपछि मात्रै पालो आउनसक्ने भन्दै मुद्दाका दुवै पक्षलाई खाजापछि इजलासमा सम्पर्क गर्न भनेको थियो ।
१८ कात्तिक २०७९ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले थुनछेक बहसका क्रममा क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
उक्त आदेश उल्ट्याएको उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा छाड्न र अनुमतिविना काठमाडौं बाहिर नजान आदेश दिएको थियो । सर्वोच्च अदालतले भने सन्दीप विदेश जान पाउने आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौंले बालिकाको जन्ममिति लगायतका कागजात सम्बन्धित स्थानीय तहबाट मगाइसकेको छ भने साक्षी बकपत्र समेत गराइसकेको छ । त्यसक्रममा सन्दीपका कानुन व्यवसायीको सहयोगमा अदालतका कर्मचारीले वडा कार्यालयबाट ल्याएको कागजातको आधिकारिकतामा प्रश्न उठेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments