बैठकमा प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय कांग्रेसलाई दिनेगरी छलफल अघि बढेको ब्रिफिङ गरे

- चैत्र १३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।
मन्त्रिपरिषद् विस्तार हुँदा गृह र सञ्चार मन्त्रालय माओवादीले राख्नुपर्ने नेताहरूले धारणा राखेका थिए । नेताहरूको कुरा सुनेपछि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह र सञ्चार माओवादीले राख्ने गरी सत्ता गठबन्धनका अन्य दलहरूसँग छलफल अघि बढेको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय कांग्रेसलाई दिनेगरी छलफल अघि बढेको ब्रिफिङ गरेका थिए । आफूले सत्ता गठबन्धनमा थप एक मन्त्रालय लिनेगरी छलफल अघि बढाएको प्रचण्डले बताएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर