बुद्ध एयरको इन्डिकेटरमा समस्या देखिएपछि रनवेबाट फर्कियो
- चैत्र १३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि रनवेबाट फर्किएको छ ।
काठमाडौँबाट भैरहवाका लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार ’इन्डिकेटर’ मा समस्या आएपछि जहाज पुनःपार्किङमै फर्किएको हो । सोमबार २ः४५ बजेको उडान तालिका रहेको उक्त जहाजमा चालक दलका सदस्यसहित ७८ यात्रु सवार थिए ।
’मेसिनरी चिज भएकाले समय–समयमा समस्या देखापर्छ,’ उनले भने, ’समस्या देखिएपछि पाइलटले फेरि ब्याक गरेर ल्याएको हो । सामान्य अवस्था हो ।’
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments