युरो २०२४ को छनोट खेलमा अष्ट्रिया र स्वीडेन विजयी
- चैत्र १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
युरो २०२४ को छनोट अन्तरगत समूह ‘एफ’ को खेलमा अष्ट्रिया र स्वीडेन विजयी भएका छन् । अष्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ को पूनरागमन जित निकालेको हो ।
अष्ट्रियाको जितमा फ्लोरिएन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गरे । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।राइफफेइसेन एरिना लिन्ज अष्ट्रियामा सोमबार राति भएको खेललको १७औं मिनेटमा माइकल पेनाल्टीमा चुक्दा घरेलु टोली अष्ट्रिया अग्रता लिनबाट चुकेको थियो ।
२५औं मिनेटमा राउनोले गोल गरेपछि अष्ट्रिया खेलमा पछि परेको थियो । ६८औं मिनेटमा फ्लोरिएनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८८औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई जित दिलाए ।
यही समूहको अर्काे खेलमा स्वीडेनले अजरवैजानमाथि ५–० को फराकिलो जित निकालेको छ । स्वीडेनको फराकिलो जितमा इमिल फोर्सवर्ग, भिक्टोर ग्योकेरेस, जस्पर कार्लसन र एन्टोनी इलांगाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
यस नतिजासँगै समूह ‘एफ’ मा अष्ट्रिया ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि बेल्जियम दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा रहेको छ । इस्टोनिया र अजरवैजान अंकविहीन छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments