विश्व परिवेश
काबुलमा बढ्यो आक्रमणका घटना
- चैत्र १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ। घटनामा तीन तालिबान सुरक्षाबलका कर्मचारीसहित कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।
काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकीनजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताए। यो घटनाबारे तालिबान अधिकारीहरूले अहिलेसम्म बोलेका छैनन्। घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
काबुल र अन्य शहरी क्षेत्रमा पछिल्ला महिनामा आक्रमणका घटना बढेका छन्, जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्तसको जिम्मा लिएका छन्। यसअघि जनवरीमा भएको विस्फोटमा परराष्ट्र मन्त्रालयमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो र थुप्रै घाइते भएका थिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments