प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपाल बिच बालुवाटारमा भेटवार्ता जारी
- चैत्र १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रधानमन्त्री दाहाल सँग भेट गरिरहेका छन्।
उनीहरुबीच मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो। एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन्।
पुस ६ गते विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले एक दुई दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन्। सोही बमोजिम उनले आज साँझ १० दलीय गठबन्धनको बैठक समेत बोलाएका छन्।
लामो समयदेखि मन्त्रिमण्डल विस्तार हुन नसक्दा १६ वटा मन्त्रालयको भार प्रधानमन्त्री प्रचण्डको काँधमा छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments