अमेरिकाको टेनिसीस्थित नाश्भिल सहरको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु
- चैत्र १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको टेनिसीस्थित नाश्भिल सहरको एक विद्यालयमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका हुन्।
ती बालबालिका नौ वर्ष वा कम उमेरका छन्। ज्यान गुमाउनेमध्ये अरू तीन जना कर्मचारी हुन्। उनीहरू ६० देखि ६१ वर्षका छन्। प्रहरीका अनुसार सन्दिग्ध आक्रमणकारीको नाम अड्री हेल हो र उनी ट्रान्सजेन्डर हुन्।
विद्यालयमा प्रवेश गर्दा हेलसँग एउटा अर्धस्वचालित राइफलसहित तीनवटा बन्दुकहरू थिए। प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो। उनी उक्त निजी इसाई प्राथमिक विद्यालयकी पूर्वविद्यार्थी भएको प्रहरीको भनाइ छ। उक्त विद्यालयमा तीनदेखि १२ वर्षसम्मका झन्डै २०० विद्यार्थी छन्।प्रहरीले सार्वजनिक गरेका तस्बिरहरूमा आक्रमणकारीले घटनास्थलमा प्रहरी पुग्दा उनीहरूतिर गोली प्रहार गरेको देखिन्छ।
प्रहरीले घटनाबारे स्थानीय समयानुसार सोमवार बिहान १०ः१३ बजे पहिलो सूचना पाएको थियो। सन्दिग्ध आक्रमणकारी एउटा कार चढेर उक्त विद्यालयसम्म पुगेको र एउटा प्रवेशद्वारमा गोली हान्दै भित्र छिरेको बताइएको छ। उनी त्यहाँ पुग्दा विद्यालयका सबै द्वारहरू बन्द थिए।
हेलले विद्यालय भवनको भुइँतलामा गोली हानेको र त्यसपछि दोस्रो तलातिर गएको प्रहरीले जनाएको छ। विद्यालयमा प्रहरीका गाडीहरू आइपुग्दा तिनमाथि दोस्रो तलाबाट गोली प्रहार भएको थियो। एउटा गोली प्रहरीको एउटा गाडीमा लाग्दा सिसा फुटेर एक प्रहरी घाइते भए। विद्यालयभित्र प्रवेश गरेर प्रहरीले सन्दिग्ध आक्रमणकारीमाथि गोली प्रहार गर्दा उनको मृत्यु भयो।
नजिकै पार्क गरिएको एउटा कारको खानतलासी गर्दा आक्रमणकारीले बाल्यकालमा उक्त विद्यालयमा अध्ययन गरेको आधार फेला परेको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments