प्रहरी नजर
माछापोखरी, बसपार्कलगायतका स्थानबाट युवतीहरुलाई प्रलोभन पारि विक्री गर्ने समूह प्रहरीको फन्दामा
- चैत्र १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मगराती छन्। उनीहरु माथि नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोप दर्ज भएको छ ।
काठमाडौं माछापोखरी, बसपार्कलगायतका स्थानहरुमा मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरुलाई सम्पर्क गरी प्रलोभनमा पारेर नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गराएर भारतको दिल्ली पु¥याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए।
उनीहरूले होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनि प्रलोभनमा पारी दिल्ली पु¥याई बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने गोप्य सूचनाको आधारमा ब्युरोले भारतबाट ९ जना पीडितको उद्धार गरेको थियो।
गत असोजदेखि फागुनसम्ममा ती ९ जना पीडित युवतीहरुलाई दिल्ली पु¥याएका थिए। उनीहरूविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान थालेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments