•  १२ पुष २०८१, शुक्रबार

एकीकृत समाजवादी कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडानमा

- चैत्र १४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)ले ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धनका शीर्ष नेताहरूका बैठकमा एकीकृत समाजवादीले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राख्ने गरेको छ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका एकीकृत समाजवादीका भन्दा धेरै सांसद छन्।
तैपनि एकीकृत समाजवादीले तुलनात्मक रूपमा धेरै मन्त्रालय दाबी गरिरहेको छ । कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, जसपाले उपराष्ट्रपति पाइसकेको भन्दै एकीकृत समाजवादीका नेताहरू आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने अडानमा छन्।
प्रधानमन्त्री दाहालसँग भएका पछिल्ला भेटवार्तामा अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरूले कम्तीमा ४ मन्त्रालयको दाबी गरेको स्रोत बताउँछ।
‘एकीकृत समाजवादीले ४ मन्त्रालय मागेको छ। उहाँहरूलाई ४ मन्त्रालय दिनेबित्तिकै अरू ठूला दलले कति मन्त्रालय लिने भन्ने प्रश्न उठ्छ, सांसद कम भएका दलले पनि धेरै मन्त्रालय दाबी गर्दा मन्त्रालय भागबन्डा मिलाउनै सकस पर्छ,’ स्रोतले भन्यो, ‘एकीकृत समाजवादीलाई बढीमा ३ मन्त्रालयसम्म दिनु उपयुक्त हुन्छ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर