वैदेशिक रोजगारीको नाममा ठगी गर्दै हिड्ने शिला विभागको फन्दामा

- चैत्र १४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चैत १० गते बेलायतको सिजनल भिसा अन्तर्गत वैदेशिक रोजगारको प्रलोभन दिएर राहदानी र रकम उठाई रहेकी गिलुङ–८ लमजुङकी शिला परियारबाट १ सय ९ थान राहदानी विभागले बरामद गरेको छ ।
परियारले सिजनल भिसामा बेलायत लैजाने भन्दै १ सय ९ थान राहदानी संकलन गरेकी गरेकी थिइन । उनले रोजगारीको जानेहरुबाट आर्थिक लेनदेन पनि गरेको खुलेको छ ।
परियारले ६ महिनाभन्दा बढीको वैदेशिक रोजगार, डिपेन्डेन्ट लगायत अध्ययन भिसामा बेलायत पठाइदिने भन्दै ठगीरहेको पाइएको थियो ।
हाल विभागको नियन्त्रणमा रहेकी परियारले रकम फिर्ता गर्न सहमति जनाएपछि पीडितहरूले साँवा रकम र राहदानी फिर्ता गरे मात्र उजुरी फिर्ता लिने बताएका छन् ।
परियारले न्यूनतम ३५ हजार देखि माथि रकम उठाएको पाइएको विवरण संकलनमा खटिएका विष्णुप्रसाद कार्कीले बताए । उनले पीडितहरूको विवरण संकलन गरिरहेको भन्दै ठगीको रकम एकिन हुन बाँकी रहेको बताए ।
वैदेशिक रोजगार ऐनले इजाजत नलिई वैदेशिक रोजगारको काम गर्नेलाई कडा कारबाहीको व्यवस्था गरेपनि मुलुकी फौजदारी संहिताले वैदेशिक रोजगार कसुरमा मिलापत्र गरेर विवादको निप्टारा गर्नसक्ने व्यवस्था गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर