युरो २०२४
स्पेन स्कटल्यान्डसँग २–० ले पराजित
- चैत्र १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
स्कट म्याकटोमिनेले दुई गोल गरेपछि स्पेन युरो २०२४ को छनोट खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।स्पेन घरेलु टोली स्कटल्यान्डसँग २–० ले पराजित भएको हो ।
स्कट म्याकटोमिनेले पहिलो र दोस्रो हाफमा गोल गर्दै टोलीलाई जित दिलाए । हाम्डेन पार्क ग्लास्गोमा मंगलबार राति भएको खेलको सातौं मिनेटमा नै स्कट म्याकटोमिनेले गोल गरेपछि स्पेन खेलमा पछि पर्यो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि ५१औं मिनेटमा स्कटले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै स्पेनलाई स्तब्ध पारे । दुई गोलले पछि परेको स्पेनले घरेलु टोलीविरुद्ध ७५ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा छनोटमा पहिलो हार बेहोर्न पुग्यो ।
स्पेनले पहिलो खेलमा नर्वेलाई ३–० ले पराजित गरेको थियो । स्कटल्यान्डको भने यो लगातार दोस्रो जित हो । यसअघि स्कटल्यान्डले साइप्रसलाई ३–० ले पराजित गरेको थियो । उक्त खेलमा पनि म्याकटोमिनेले दुई गोल गरेका थिए ।
लगातार दोस्रो जितसँगै स्कटल्यान्ड दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेन २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा नर्वे र जर्जियाले १–१ गोलको बराबरी खेल्दै छनोटमा पहिलो अंक जोडेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments