सत्ता गठबन्धन
दलहरूले आफ्नो–आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकिएको बैठक फेरी बस्दै

- चैत्र १५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सत्ता गठबन्धनको बैठक बस्दै छ । बुधबार साँझ विनानिष्कर्ष टुंगिएको बैठक मन्त्रालयको भागबन्डा मिलाउन बुधबार पुनः बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठकमा दलहरूले आफ्नो–आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकिएको थियो ।
मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए ।

उक्त मस्यौदामा विहिबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर