धर्म /संस्कृति
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

- चैत्र १५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ ।
रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि ३२ फुट अग्लो रथ तयार गरिएको छ ।
तीनधारा पाठशालाअगाडिबाट सुरु हुने रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पु¥याइन्छ । तेस्रो दिन लगनटोलमा लगी जात्रा सम्पन्न गर्ने परम्परा छ ।
काठमाडौं महानगरपालिकाले बुधबार देखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवागमन प्रभावित हुनसक्ने महानगरले जनाएको हो ।
रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेश निषेध गरिएको महानगरले जनाएको छ । आज (चैत १५ गते) तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ ।

चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।
चैत १८ गते (लगन चोक) र १९ गते लगन चोक दलाछि ह्युमत (जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने महानगरले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर