मौसम जानकारी
पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

- चैत्र १५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

देशको पहाडी भूभागमा आंशिक बदली रहने छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर