‘वारिस पञ्जाब दे’ का प्रमुख सिंह नेपालमा भएको आशंका
- चैत्र १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतमा विवादित पृष्ठभूमीका सिख युवा नेता अमृतपाल सिंह भागेर नेपाल आएको आशंका गरिएको छ । उनलाई नेपालबाट अन्यन्त्र देश जान नदिन भारत सरकारले नेपाललाई पत्राचार गरेको छ ।
नेपालको अध्यागमन विभागका एक अधिकारीले काठमाडौं स्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको खुलाएका छन् ।
विभागका सूचना अधिकारीले भने, “अध्यागमन अधिकारीहरू यस विषयमा सतर्क छन्। उनीबारे थाहा भएमा पक्राउ गरेर भारत पठाइनेछ।”
उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन्। पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।
उता नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले आफूहरूलाई त्यस्तो कुनै आग्रह नआएको तर परिस्थितिका आधारमा “सीमामा प्रहरी सधैँ सजग रहने” बताएका छन्।
पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ । पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन्।
गुरु नानकको जन्मस्थल ननकाना साहिब वर्तमान पाकिस्तानमा छ। यो क्षेत्र विभाजनअघिको भारतको एक हिस्सा थियो। त्यसैले यसलाई सिखहरूको मातृभूमि मानिन्छ।
भारतमा सिख विद्रोह वा सशस्त्र सङ्घर्षको अवधि सन् १९९५ मा समाप्त भयो। पछिल्लो समय अकाली दलका सांसद सिमरनजित सिंह मान र दल खालसाले लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले यो माग गर्दै आएका छन् । भारतबाहिर अमेरिकाबाट काम गर्ने संस्था ‘सिख फर जस्टिस’ले पनि खालिस्तानको माग गरेको छ । यद्यपि यी सबै संगठनहरूलाई भारतीय पञ्जाबमा सीमित समर्थन मात्र छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments