दबाबमा दाहाल – दोस्रो चरणको छलफलमा जुटे नेताहरू
- चैत्र १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बुधबार बिहान बसेको बैठकले कुनै निकास निकाल्न नसकेपछि पुनः दोस्रो चरणमा नेताहरू छलफलमा जुटेका हुन्। मन्त्रिपरिषद् विस्तारबारे मन्त्रालय र जिम्मेवारी बाँडफाँट टुंग्याउन १० दलीय गठबन्धनको बैठक बस्दै छ ।
मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो। नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ।
दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्रीलाई मन्त्रालय बाँडफाँडमा सकस भइरहेको छ। सत्ता घटक नेपाली कांग्रेसले अर्थसहित आठवटा मन्त्रालयमा दाबी गरिरहेको छ।
त्यस्तै, नेकपा एकीकृत समाजवादी र जसपाले ३/३ मन्त्रालय दाबी गर्दै आएका छन्। धेरै दललाई सरकारमा समेट्नु पर्ने बाध्यता र दलहरुको अडानका कारण प्रधानमन्त्री दाहाल दबाबमा छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments