सरकारका प्रतिनिधि र मिटरब्याज पीडितबीच वार्ता हुँदै

- चैत्र १६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडितबीच बिहिबार वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडितबीच छलफल गर्ने भएको हो ।
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितबी बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । छलफलमा सरकारी समितिका पाँच जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि पाँच जना नै रहने गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन् ।

सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याजपीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर