राष्ट्रिय सभा
प्रधानमन्त्री दाहालका तर्फबाट चारवटा आयोगका प्रतिवेदन पेश गर्ने
- चैत्र १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट चारवटा आयोगका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।
थारु, राष्ट्रिय समावेशी, राष्ट्रिय मानव अधिकार र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदन पेश हुनेछ। त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले समितिको आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सांसद डा. बेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक,२०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments