प्रधानमन्त्री दाहाल चितवनमा- गठबन्धनमा रहेको कांग्रेससहितका अन्य दलले मन्त्रीको टुंगो लगाए मन्त्रिपरिषद् विस्तार हुने

- चैत्र १६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

साझेदार दलका शीर्ष नेताहरूसँग छलफल लगत्तै चितवन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा उनी सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार , ‘उहाँ बैठक सकेर चितवनका लागि प्रस्थान गर्नुभयो । चितवनबाट फर्केपछि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।’
बुधबार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाटमा मोटामोटी समहति भएपछि प्रधानमन्त्री दाहालले बिहिबार नै मन्त्रिपरिषद् विस्तारका लागि तयारी थालेका हुन् । गठबन्धनमा रहेको कांग्रेससहितका अन्य दलले मन्त्रीको टुंगो लगाए मन्त्रिपरिषद् विस्तार हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर