मौसम जानकारी
केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

- चैत्र १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय हुँदा देशका धेरै स्थानमा मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बिभागले जानकारी दिएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ। उनका अनुसार अपराह्नतिर काठमाडौंमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शनिबार देशभरको मौसम पूर्ण बदली रहने महाशाखाको पूर्वानुमान छ।
शुक्रबार बिहान काठमाडौंको न्यूनतक तापक्रम १४ डिग्री सेल्सियस मापन भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर