देशको अर्थतन्त्र चलायमान बन्नु पर्नेमा झन खस्कदो र डरलाग्दो अवस्थामा

- चैत्र १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राजश्व उठाउने नाममा उधोग व्यवसायीहरुको कम्पनि र फर्महरुलाई बिगत देखी सूक्ष्म गतिमा हेरिरहेको नेपाल सरकारले फर्महरु माथि कडा निगरानी राख्दै छापा मार्ने तह सम्म पुग्न थालेको देख्दा एकदम दुख लाग्दो कुरा हो भन्छ्न नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष उमेश श्रेष्ठ ।
निजी लगानी र परिवार पाल्न सक्ने भरपर्दो माध्यम बनेको उधोग व्यवसायीहरुको क्षेत्रले कहिले पनि राम्ररी कृषि उत्पादन देखी विभिन्न कलकारखाना नितान्त आन्तीक समस्याबाट गुज्रिरहेको छ । जसका कारण अर्थतन्त्र पनि समस्यामा परेको छ,’श्रीष्ठले जानकारी दिए ।

देशको अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरिएको छ, जुन एकदमै गलत छ।’ आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र हो र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै श्रेष्ठले अहिलेको अवस्थामा निजी क्षेत्रको मनोबल उकास्न नयाँनयाँ कार्यक्रम ल्याउनुपर्ने बताए। ‘बजारमा आएको मागको गिरावटको कारण अहिले उद्योगी–व्यवसायीको सामान बिक्री हुने अवस्था छैन ।

जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ।’
देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा पनि ध्यान दिनुपर्ने पनि उधोग व्यवसायीहरुले जहिले प्राथमितामा आउने कुरा पनि हो ।

यसैगरी अहिलेको अवस्थामा व्यावसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथि भएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए। ‘

अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न सकेको छैन । ,’ उनले भने, ‘जबसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रीय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको मानिँदैन।’

अहिले महासंघको पुरानो गरिमामा आँच आएको भन्दै उनले आफूलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ । ‘हामीले राज्यसँग माग्ने होइन, देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु।’

‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने। साथै उनले अहिलेको अवस्थामा व्यावसायिक हितका लागि फुटेरभन्दा पनि जुटेर अघि बढ्नुपर्ने अवस्था आएकाले आफूले उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा अघि बढाएको समेत उनले जानकारी दिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर