खेल /क्रिकेट
श्रीलंकाको विश्वकपमा स्थान बनाउने सम्भावना समाप्त
- चैत्र १७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विश्वकप विजेता श्रीलंकाले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा स्थान बनाउन छनोट खेल्नुपर्ने भएको छ । आइसिसी सुपर लिगको अन्तिम खेलमा श्रीलंका घरेलु टोली न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएसँगै सोझै विश्वकपमा स्थान बनाउने सम्भावना समाप्त भएको छ ।
श्रीलंका सुपर लिग मा २४ खेलमा ७ मा जित र १३ मा हारसहित ८१ अंकका साथ नवौं स्थानमा अन्त्य गरेको छ । योसँगै अपौचारिक रुपमा छनोट खेल्ने पक्का भएको छ । सुपर लिगको नियम अनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन् । भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरि ७ टोली सोझै विश्वकपमा पुगि सकेका छन् ।
अव वेस्टइन्डिज, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १३ मा हारसहित ७८ अंकका साथ १० औं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंक्का साथ ११ औं स्थानमा छन् । आयरल्यान्डले पनि अन्तिम तीन खेल घरेलु मैदानमा बंगलादेशसँग खेल्नेछ । दक्षिण अफ्रिकाले अन्तिम दुई खेल नेदरल्यान्ड्सँग खेल्दैछ ।
यदि आयरल्यान्ड र दक्षिण अफ्रिका दुबैले बाँकी सबै खेल जिते समान ९८ अंक हुनेछ । हेड टु हेड १–१ को बराबरीमा हुँदा नेटरनरेटमा माथि रहने टोलीले विश्वकपमा स्थान बनाउने समिकरण देखिन्छ । वेस्टइन्डिज विश्वकपमा पुग्न दक्षिण अफ्रिका र आयरल्यान्डले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ ।
आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागीता रहनेछ । सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् । सुपर लिगबाट श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले छनोट खेल्ने पक्का भएको छ । अव दक्षिण अफ्रिका, आयरल्यान्ड र वेस्टइन्डिज मध्य दुई टोलीले छनोट खेल्नुपर्ने हुन्छ । वेस्टइन्डिज र आयरल्यान्डले छनोट खेल्ने उच्च सम्भावना छ ।
लिग २ मा नेपाल, स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली अमेरिका, नामिबिया, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सीबीच प्रतिस्पर्धा जारी छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट शीर्ष तीन तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा एकअर्कासँग सबै टोलीले खेलेपछि शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् । श्रीलंका नेपालको समूहमा पर्छ वा पर्दैन त्यो भने निर्धारण भएको छैन । आइसिसीले विश्वकप छनोटको निर्धारण गरेको छैन ।
श्रीलंका सन् १९९६ को एकदिवसीय तथा २०१४ को टि२० विश्वकप च्याम्पियन टोली हो । तर सुपर लिग मा २४ मध्य ७ खेल मात्रै जितेपछि छनोट खेल्नु परेको हो । अन्तिम ओडिआई खेलमा श्रीलंका सेडन पार्क हामिल्टनमा टस जितेर पहिला ब्याटिङ गर्दै ४१.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो ।
श्रीलंका पाथुम निसंका ६४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनमा रन आउट भए । न्युजिल्यान्डका म्याट हेनरी, हेनरी शिफ्ले र डर्याल मिचेलले समान तीन विकेट लिए ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३२.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।विल योंग १ सय १३ बलमा ११ चौकासहित ८६ तथा हेनरी निकोलस ५२ बलमा ५ चौकासहित ४४ रनमा अविजित रहे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments