पुनर्गठनमा आफनो च्वाइस अनुसारको मन्त्रालय नपाएपछि मन्त्री खानले दिए राजीनामा
- चैत्र १७, २०७९ मा प्रकाशित
कासिन न्यूज
काठमाडौं ।
१ पुसमा बिना विभागीयमन्त्री बनेका अब्दुल खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए । यो पुनर्र्गठनमा आफनो च्वाइस अनुसारको मन्त्रालय नपाएपछि खानले राजीनामा दिएका हुन् ।
राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन भत्कियो, र कांग्रेससहितको नयाँ गठबन्धन बन्यो । मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको कारण देखाउँदै खानले राजीनामा गरेका हुन्
कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिने सहमति गरेपछि जनमतले उपप्रधानसहित दुई मन्त्रालय आफूहरुले पाउनुपर्ने माग राखेको थियो ।
पछिल्ला छलफलहरुमा प्रदेश २ को मुख्यमन्त्री र केन्द्रमा उद्योग मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो ।
त्यसमा सकारात्मक देखिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग मन्त्रालय कांग्रेसलाई दिएपछि खानेपानी मन्त्री खानले राजीनामा दिएका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments