उद्योग र व्यापारिक क्षेत्रलाई आर्थिक संकटबाट माथि उठाउने प्रयास गर्छु – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रिजाल
- चैत्र १७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उद्योग, वाणिज्य र आपूर्तिका क्षेत्रमा आर्थिक संकटका कारण समस्याहरु छन् । उद्योग र व्यापारिक क्षेत्रलाई संकटबाट माथि उठाउँछु नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।
मन्त्री रिजालले हालको संकट आफ्नो कार्यकालमा समाधान गर्ने दाबी पनि गरे ।
निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको औद्योगीकरण र व्यावसायिक वातावरण र आपूर्ति व्यवस्था सहज बनाउन आफ्नो प्रमुख भूमिका हुनेछ ।
त्यस्तै विश्व आर्थिक मञ्चमा तीब्र आर्थिक विकास गरिरहेका नेपालका दुई छिमेकी मुलुक भारत र चीनको आर्थिक समृद्धिबाट नेपाललाई लाभ हुनेगरी पहल गर्ने योजना पनि मन्त्री रिजालको ।
दुई ठूला मुलुकहरुबाट लाभ लिन सक्नेगरी नेपालमा लगानी भित्र्याउन पनि मैले पहल गर्नेछु,’ मन्त्री रिजालले भने, ‘यसका लागि प्रधानमन्त्रीलाई पनि विश्वासमा लिनेछु ।’
मन्त्रालयमा आफूले धेरै कुरा सिक्न बाँकी रहेको भन्दै उनले कर्मचारी र सम्पूर्ण संस्थान तथा कार्यालयहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments