स्ववियू निर्वाचन
क्याम्पस प्रमुखको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्यो

- चैत्र १८, २०७९ मा प्रकाशित


कासिन न्यूज
चितवन ।

क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको दावी गर्दै कांग्रेसले बिरोध गरेको छ ।
चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा धाधँली भएको आरोप लागेको छ ।
रामपुरमा शुक्रबार मतदान भएको थियो । उक्त निर्वाचनमा क्याम्पस प्रमुखको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ ।
चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव घाइते भएको भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

उक्त घटनाको छानबिन गरी निर्वाचन रद्द गर्नुका साथै घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसले माग गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर