रक्षा मन्त्रालय छान्दा शीर्ष नेताहरूले पनि अनौठो मानेका थिए – उपप्रधान तथा रक्षा मन्त्री खड्का
- चैत्र १८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले रक्षामन्त्री रोज्नुको कारण बताएका छन्।
आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयमध्येबाट कुन लिने भनेर रोज्न लगाएको सन्दर्भ बताए।
उनले आफूले खोजेको मन्त्रालय नपाएको भन्ने विषयमा सत्यता नभएको पनि बताए। अर्थ मन्त्रालयमा पार्टीका प्रवक्ता प्रकाशशरण महतलाई दिन आफ्नो समेत सहमति भएको उनले बताए।
‘प्रधानमन्त्री र सभापति जीले मलाई गृह र अर्थको टुंगो लागेपछि, अब १९ वटा मन्त्रालय बाँकी छन्, पूर्णजी तपाईं त्यसमध्ये कुन छान्ने हो सोचेर जवाफ दिनुस् भनेर १९ वटा मन्त्रालयको छनोटको सौभाग्य पाएको छु। त्यो भन्दा ठूलो कुरा के हुन्छ,’ उनले भने।
त्यसपछि आफूले ती मन्त्रालयको अध्ययन गरेको पनि उनले बताए। ‘ती मन्त्रालयहरू अध्ययन गरेँ। मुलुकको सन्दर्भमा, सुरक्षाको सन्दर्भमा, अहिले नेपालको सामरिक भूमिको महत्व बढ्दै गएको सन्दर्भमा, मैले मुलुकको सुरक्षा, राष्ट्र नीतिको निर्माण, कार्यनीत–रणनीतिको निर्माण र नेपालको रक्षाको जिम्मा लिएको नेपाली सेनासँग जोडिएको मन्त्रालय र समग्र रूपमा सबैभन्दा जिम्मेवार सबैभन्दा ठूलो, सबैभन्दा विशाल मन्त्रालय मैले रक्षा मन्त्रालय देखेँ र त्यसपछि मैले नेताहरूलाई गएर भनेँ,’ उनले भने।
रक्षा मन्त्रालय छान्दा शीर्ष नेताहरूले पनि अनौठो मानेको उनले बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments