उपचुनाव
के रवि, उपेन्द्र, सर्वेन्द्र र रमेशको संसद छिर्ने भोक मेटिएला त ?

- चैत्र १८, २०७९ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं

राजनीतिमा लागे पछि जनताको भावना बुझ्ने सबैभन्दा ठूलो अस्त्र हो निर्वाचन । यही निर्वाचनको माध्यमले नेताहरुले जनताको घरदैलोमा पुग्ने अवसर प्राप्त गर्छन् । कतिले यो अवसर क्यास गर्न भ्याउँछन् भने कतिपय मैदानबाट नै पत्ता साफ हुन्छन् ।
अहिले राज्य फेरी निर्वाचन अर्थात उपनिर्वाचन जुन निर्वाचन पछि घटेका घटनालाई आधार मानेर घोषणा गरिएको हुन्छ । निर्वाचनमा निर्वाचित उम्मेदवारलाई भवितब्य परेर वा कुनै घटना घटेर होस् त्यहाँको पाटोलाई फुलफिल गर्न निर्वाचन आयोग उपनिर्वाचनको बाटो समाएको हुन्छ । अहिले यही बाटोलाई समाएर राजनीतिक दलका नेताहरु निर्वाचन मार्फत आफनो पहिचानलाई उँचो बनाउन लागी परेका छन्
अहिले जसै निर्वाचन आयोगले उपनिर्वाचन बैसाख १० गर्ने घोषणा गर्यो । राजनीतिक दलका नेताहरुको शिर फेरी ठाडो हुन् । आउँदो निर्वाचनको लागि सिटको रस्साकस्सी एकातिर छँ दै छ भने अर्को टिकट पाए पनि कसरी उपनिर्वाचनमा विजयी हासिल गर्ने भन्ने अर्को टन्टो छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वआईजीपी सर्वेन्द्र खनाल,पूर्वडिआईजी रमेश खरेल, लोसपा नेता राजेन्द्र महतो मंसिर ४ को चुनाव हारे पनि उपनिर्वाचनमा उम्मेदवार बन्दैछन्। पाँच वर्ष संसदबाहिरै बस्ने जनादेश विपरित पाँच महिना पनि नबित्दै फेरि तिनै उम्मेदवार उठ्ने चर्चाले उपनिर्वाचन पेचिलो बन्ने देखिन्छ।
माथि उल्लेखित व्यक्तित्वहरु राष्ट्रिय स्तरमा ठूलै नाम कमाएका ब्यक्तिहरु हुन् । यी व्यक्तिहरुलाई जनताको मतले मंसिर ४ को निर्वाचनमा नै पाखा लगाई सकिएको भए पनि पाँच महिना पनि नबित्दै फेरि यी उम्मेदवार उठ्ने चर्चाले उपनिर्वाचन झन रमालो माहोल उत्पन्न हुन थालेको छ ।
सर्वोच्च अदालतले नेपाली नागरिकता नलिएको भन्दै सांसद पद खारेज गरिदिएको रास्वपाका सभापति लामिछाने फेरी दोस्रो पटका निर्वाचनको लागि तम्मतयार भएर बसेका छन् । कांग्रेसबाट पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने रविविरूद्ध उत्रिएका छन्। न्यौपानेको नाम जिल्ला कमिटीले एकल सिफारिस गरेको छ। तर केन्द्रले निर्णय गर्न बाँकी छ।

तनहुँ–१ मा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै रिक्त रहेको उक्त स्थानमा त्रिपक्षीय भिडन्त हुँदैछ। यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिव्र प्रतिष्पर्धा हुँदैछ। कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। भट्टराई पहिलो पटक संसद छिर्ने दाउमा छन्।
रास्वपा ले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउँदैछ। उनले रास्वपाबाट टिकट पाउने पक्का भएपछि नेपाली कांग्रेस परित्याग गरेका थिए। नेकपा एमालेले उम्मेदवारको नाम टुंगो लगाएको छैन। तर, जिल्ला कमिटीले पूर्वआईजीपी सर्वोन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ।
तर, खनालको सम्भावना उच्च रहेको छ। खनाल तिनै पात्र हुन् जो मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका थिए।

उनी रास्वपाका शिशिर खनालसँग फराकिलो मतान्तरले पराजित भएका हुन्। शिशिर १४ हजार २०४ मतसहित विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९११ मत मात्रै पाएका थिए। जनताले पाँच वर्षका लागि संसद बाहिर बस्ने सन्देश दिए पनि उनको संसद छिर्ने भोक भने अझै मेटिएको छैन। उनी काठमाडौंमा पराजित भए पनि गृहजिल्ला तर्फ सोझिएका हुन्।
सर्वेन्द्र खनालले तनहुँ १ का जनताले आफूलाई रोजेकाले आफू निर्वाचनमा होमिन लागेको बताउँछन् । तर टिकटको बारेमा अहिले निर्णय आइसकेको छैन्
तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल फराकिलो मतान्तरले विजयी भएका थिए। उनले २५ हजार ३१३ मत पाउँदा एमालेका एकबहादुर रानामगरले १९ हजार ९२५ मत पाएका थिए। चौथोमा रास्वपा थियो। रास्वपाका विकास सिग्देलले ६ हजार ३२ भोट ल्याएका थिए। यसपटक राना चुनावी रेसबाट पछि हटेका छन्। उनले युवालाई स्थान दिन आफू पछि हटेको बताउने गरेका छन्।
अघिल्लो पटक लामिछानेले भारी मतान्तरले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए। उनले ४९ हजार २६१ मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र पाएका थिए।
बारा–२ मा चार दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी र रास्वपाबीच प्रतिस्पर्धा हुन लागेको हो। जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बारा–२ मा चार दलका ‘पराजित’ उम्मेदवारहरूको भिडन्त हुन लागेको हो।

यस क्षेत्रमा एमालेले उम्मेदवार बनाएको छ। यस्तै जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ। अध्यक्ष यादव तिनै पात्र हुन जो मंसिर २ को निर्वाचनमा सप्तरी २ बाट जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर