उपचुनाव
एमालेको उम्मेदवार चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाल
- चैत्र १८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेले चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
खनाल मंसिर ४ को उपनिर्वाचनमा काठमाडौं क्षेत्र नं.६ बाट पराजित भएका थिए। बारा २ मा कसलाई उठाउने भन्ने विषयमा बैठकले निर्णय नगरेको गुरुङले बताए।
‘बाराको राजनीति अलि तरल भएकाले थप छलफल गर्नुपर्ने देखियो’, गुरुङले भने, अध्यक्षज्यूले पार्टीका नेताहरूसँग परामर्श गरेर भोलिसम्म उम्मेदवारको टुंगो लगाउनुहुन्छ।’
आगामी वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही २० गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments