कोरम नपुगे पनि एन्फाले राख्यो आपतकालिन बैठक
- चैत्र १८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमार्डौ ।
नेपालको फुटवलको केन्द्रि संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिले आपतकालिन बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा बोलाएको छ । तीन उपाध्यक्षसहितको असन्तुष्ट पक्ष भने सो आपतकालिन बैठकमा उपस्थित छैनन ।
एन्फा महासचिव किरण राईले शनिबार बिहान ९ः०० बजे एन्फा कम्प्लेक्समा कार्यसमितिको आपकालिन बैठकमा उपस्थित हुन पदाधिकारी तथा सदस्यहरुलाई बिहीबार पत्र काटेका थिए । बैठकमा कोरम नपुग्ने देखिएपछि एन्फाले शनिबार बिहान जुमबाट पनि बैठकमा सहभागी हुन सक्ने भन्दै लिंक पठाएको थियो । तर, असन्तुष्ट पक्ष भने जुममा पनि सहभागी नभएको बताइएको छ ।
एन्फा महासचिव किरण राईले आफू एन्फा बैठकमा रहेको र बैठकमा ११ जनाको उपस्थिति रहेको बताएका छन् । उनले भने, ‘हामी ११ जना बैठकमा छौं । त्यसमा दुई जना सदस्य सरिला श्रेष्ठ र अनिल मल्ल जुमबाट जोडिनु भएको छ ।’
फागुन १७ गते भएको पछिल्लो बैठक पनि विवादित बनेको थियो । असन्तुष्ट पक्षले महासचिव राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्ने मागलाई एजेन्डामा समावेश गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो । बर्खास्तसहित असन्तुष्ट पक्षका ५ बुदाँलाई बैठकको एजेन्डामा समावेश गर्न एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ तयार नभएपनि आफूहरुले बैठक बहिष्कार गरेको असुन्तुष्ट पक्षले बताउँदै आएको छ ।
जसका कारण तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसी, दीपक खतिवडासहितले बैठक बष्हिकार गरेका थिए । त्यसका वावजुद पनि कोरम पुगेको भन्दै एन्फा कार्यसमितिको निर्णय सार्वजनिक भएको थियो । असन्तुष्ट पक्षले त्यसलाई आफूहरुले स्वीकार नगरेको बताउँदै आएको छ ।
त्यसकैको निरन्तरताका रुपमा त्यसलाई बैधानिकता दिनका लागि बैठक डोकेको आशंकामा आफूहरु बैठकमा उपस्थित नभएको उपाध्यक्ष केसीले बताएका छन् । ‘विना एजेन्डा आपकालिन बैठक भनिएको छ ।
अघिल्लो बैठककलाई हामीले अवैधानिक भनेका छौं,’ उनले भने, ‘त्यसैलाई बैधानिकता दिने प्रयासमा यो बैठक बस्न लागेको हामीलाई आशंका छ । हामी उपस्थित नभएपछि अहिले जुम बैठक भनिएको छ । हामी त्यसमा पनि जोडिएनौं । ’
तीन उपाध्यक्ष शाही, केसी, खतिवडा तथा सदस्यहरु भोजराज शाही, पेमा डोल्मा लामा, रविन्द्र चन्द, रमेश व्यन्जनकार, महेन्द्र क्षेत्री, मनीष जोशी र रुपेश अधिकारी बैठकमा सहभागी नरहेको बताइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments