देशलाई एउटा गतिमा अघि बढाउन र समृद्धिको लागि हामीले अब जाग्ने बेला हो यो – पूर्व डिआजी एवं रास्वपा नेता खरेल

- चैत्र १८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रास्वपा बाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको विरूद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन्।
शनिबार रास्वपाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको भागबन्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको बताएका हुन्। उनले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने बताए।
उनले भने, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिरहन्छौँ। तर अब हामीसँग अल्मलिने छुट छैन। हामी अल्मलिनु हुँदैन। हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ। देशको समृद्धिको लागि हामीले अब जाग्नुपछर्
। हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ। हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबन्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चत कसैको छैन ।’

नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर