राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्वास्थ्यमा समस्या देखीएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेका अनुसार राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा छन् ।


त्रिवि शिक्षण अस्पतालले पनि शनिवार राति जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा चैत १८ गते साँझ भर्ना हुनु भएको छ । हाल उहाँ चिकित्सजकको निगरानीमा हुनुहुन्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर