कांग्रेस बैठक
बाँकी मन्त्रालयमा क- कसलाई पठाउने भन्ने बारे कांग्रेसमा छलफल हुँदै

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आन्तरिक भागबण्डा नमिल्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार जनालाई मात्र सरकारमा पठाएका थिए । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएको कोइराला समूह सम्मानजनक हिस्सेदारी नपाएको भन्दै सरकारमा सहभागी भएको छैन ।
त्यही बिषयमा छलफल गर्न आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आइतबार बिहान १० बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।
यस्तै कांग्रेसले बारा २ मा उम्मेदवारको बारेमा टुंगो लगाउने जनाइएको छ। कांग्रेसले तनहुँ १ र चितवन २ मा उम्मेदवारको टुंगो लगाइसकेको छ भने बारामा आफ्नै उम्मेदवार बनाउने कि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने भन्ने बारेमा टुंगो लगाउने छ

। बारा २ मा सत्ता गठबन्धनबाट उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाउने बारेमा छलफल भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर