प्रतिनिधिसभा
प्रधानमन्त्री दाहालले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्ने

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८÷०७९)” पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ’प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर