बागमती प्रदेश
मन्त्रिपरिषद् विस्तार – कांग्रेसको तर्फबाट संसदीय दलका नेता लामाले नेतृत्व गर्ने
- चैत्र १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार तिर लागेका छन् ।
आइतबार साँझसम्म मन्त्रिपरिषद् विस्ता गर्नेगरी तयारी भइरहेको बताइएको छ । बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन्। जसमा ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री नियुक्त गर्ने तयारी छ।
११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो। यसअघि कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा मन्त्रालयको संख्या नबढाउने समझदारीपछि ५ वटा मन्त्रालयमा सहमति जुटेको हो।
प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments