एकमात्र पाइलट बिरामी अर्को नभएर नेवानिको जहाज डिले
- चैत्र १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो । ‘उडान रद्द भएको होइन, डिले भएको हो भन्छन् , नेपाल बायुसेवा निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरे ।
यसरी पाइलट बिरामी पछि त्यसको बिकल्पमा अर्को पाइलट उपलब्ध गराउन नसक्ने अवस्थामा छ अहिले नेपाल एयरलाइन्स । जसको कारणले दिनानु दिन यात्रुहरुले यस्ता झमेल झेलीरहेका छन् । काठमाडौं–दुबई उडान ११ घण्टा डिले भएको छ ।
शनिबार राति १२ बजे दुबई उड्नु पर्ने निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ ।
निगमका सहायक प्रवक्ता घिमिरेका अनुसार यस उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए ।
वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पु¥याइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments