मिटरब्याजी पीडितहरु सँग सरकारले गरेको सम्झौता कार्यान्वयन हुने – उप्रधान एवं गृहमन्त्री श्रेष्ठ

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबार स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।
भेट पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । ‘उहाँहरु जाने स्थितिमा अझै केही छ कि भन्नुपर्ने भनेर कुरा गर्न आएको हुँ । उहाँहरुले जाने क्रममा छौं, हामी विश्वस्त भएर जादैछौँ । धेरैले आजै बेलुका जान्छौं होला भन्नुभएको छ’, श्रेष्ठले भने ।
उनले यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पीडितसँगको सहमति कार्यान्वयन गर्ने बताए । त्यसका लागि आयोग बनाउने कानूनको प्रक्रिया अगाडि बढिसकेकोले समस्या समाधान हुने उनको भनाइ छ ।
मिटरब्याज पीडित मनोजकुमार पासवानले आफूहरू सोमबारसम्ममा गाउँ फर्किसक्ने बताए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर