कांग्रेस नेता जोशी, पौडेल र कोइरालाको उपचुनावको मुखमा कार्वाही फुकुवा

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

तनहुँ, चितवन र बाराका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । जसमा कार्वाहीमा परेका नेताहरु जगन्नाथ पौडेल, केन्द्रीय सदस्य दिनेश कोइराला, गोविन्दराज जोशी पनि रहेका छन् ।
उपनिर्वाचनलाई केन्द्रविन्दू बनाएर यी नेताहरुको कार्वाही फुकुवा गरिएको कांग्रेस निकट स्रोतले जानकारी दियो । जोशिमाथि ०७५ पुसमा रामचन्द्र पौडेलविरूद्ध उम्मेदवारी दिएपछि कारबाही भएको थियो । उनले ०७४ सालको निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण कार्वाहीमा परेका थिए । पौडेलले गत वैशाखमा भएको चुनावमा भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालविरूद्ध बागी उम्मेदवारी दिएका थिए ।
भने कोइरालाले गत मंसिर ४ मा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा एमालेले सघाएको थियो। साथै कोइरालालाई ०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरूद्ध बागी उम्मेदवारी दिएपछि कारबाही गरिएको थियो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ, चितवन र बाराका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए ।
‘पार्टीको अनुशासनको कारबाहीमा पर्नुभएका २०७९ को निर्वाचनभन्दा पहिला स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा बारा, तनहुँ र चितवन ३ जिल्लाको हकमा अहिलेलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ। २०७९ को निर्वाचन बेलाको हकमा उपनिर्वाचनमा उहाँहरूले गर्ने कामहरूलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने भन्ने निर्णय भएको छ,’ सहमहामन्त्री पाण्डेले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर