तनहुँ १ मा महामन्त्री थापा र चितवन २ मा शर्मा लाई कांग्रेसले उपचुनावको लागि खटायो

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा नेपाली कांग्रेसले दिएको छ । कांग्रेसका एक नेताका अनुसार उनीहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा–२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर