भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन , एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ – एमाले अध्यक्ष ओली

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौ ।

नेकपा एमाले पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अचम्म अचम्मका मान्छे मन्त्री भएको बताए । ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?’, उनले भने, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’

मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले बताए । उनले अगाडि भने, ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन् । आउँदै आउँदैन उनलाई ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर