एसइई दिएर घर फर्किरहेका ४ जना विद्यार्थी कुटपिट गर्ने पक्राउ

- चैत्र १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
धनगढी ।

धनगढीमा एसइई दिएर घर फर्किरहेका ४ जना विद्यार्थीमाथि भएको कुटपिटमा संलग्न १२ जना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको पहिचान भैरहेको बताइएको छ।
धनगढी उपमहानगरपालिका–१९ को फूलवारी माध्यमिक विद्यालयमा एसइई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको थियो।
कुटपिटबाट धनगढी उपमहानगरपालिका–१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नको खोजी थालेको थियो। जिल्ला प्रहरी कार्यालयले विद्यार्थीमाथि कुटपिटमा संलग्न फूलबारीकै युवाहरू पक्राउ गरिएको र छानबिन शुरु भएको बतायो।

कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरूको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर