३२ वर्षदेखि गृह मन्त्री र सचिवले सूत्र-सुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज

- चैत्र २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा खर्च गर्न पाउने प्रावधान खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र÷सुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।

२०४७ जेठदेखि गृहमन्त्री र सचिवले खर्च फाँटबारी देखाउन नपर्ने गरी मनोमानी रूपमा रकम बुझ्दै आएका थिए । यस्तो रकमको हिसाब महालेखा परीक्षकको वार्षिक लेखा परीक्षणमा समेत उपलब्ध हुने गरेको थिएन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर