मेयर साब महानगरको झिनो शोभा सकिएको हो त ?
- चैत्र २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अहिले काठमाडौं महानगरपालिका कुरुप बन्दै छ । जताततै कामहरु थाँती राखिएका छन् । सडकहरु प्वाल पर्न थालेका छन् ।महानगरको मेयरको पगरी गुथेर निकै तामझामका साथ महानगर प्रवेश गरेका मेयर बालेन्द्र साह (बालेन) आफना कामहरु पूरा गर्न नसकेका नैै हुन् भन्ने टिकाटिप्पणी अहिले महानगरबासी माझ आउन थालेको छ ।
जताततै सुुरु भएका कामहरु लथालिङ्ग र भताभुङ्ग छ । काम हुँदै नभएका भन्ने कदापि होइन, तर सुरु गरिएका कामहरु कतैपनि पूर्ण नहुनुले मेयर साहलाई बालेनलाई अपूरा भन्नेहरु बढेका छन् ।
उनले मेयर बनेको करिब वर्ष दिनमा गरेका कामहरु हेरेर मूल्यांकन गर्ने हो भने प्रगतिजनक नतिजा छैन । काठमाडौं बनाउन भत्काइएका संरचनाहरुको उचित व्यवस्थापन नगरी छोडिँदा काठमाडौंको झिनो शोभा सकिएको भान अहिलेका काठमाडौं महानगरभित्र पर्ने सडक हेरे पुग्छ ।
राम्रोसँग सञ्चालन भइरहेका कतिपय काममा व्यवधान झिकिएका छन् । कलंकी–बल्खु सडकखण्ड निर्माण पूर्ण भइ राम्रोसँग सञ्चलन भएको डेढ वर्ष बितेको छैन, अहिले फेरि भत्काएर पुरानै अवस्थामा धुलो र धुवाँमय बनाइएको छ ।
कलंकी–चाबहिलसम्मको सडक खण्डको त कुरै नगरौँ, हरेक समयमा धुवाँ र धुलोले सडक ढाकिएको छ । बालेन्द्र साह आएपछि मात्रै सडक खण्ड बिग्रिए भन्ने होइन तर नयाँ आश जगाएर आएका जनप्रतिनिधिहरु नजुर्मुराउँदा नयाँ र पुराना पात्रमा फरक देख्न जनताले छोडिसके । त्यति मात्रै होइन, काठमाडौंको सभ्यता जोगाउने नाममा भत्काइएका अनेकन् सडक छेउका संरचनाहरु त्यत्तिकै छोडिएको छ । जथाभावी र मनोमानी रुपमा । शहर कसरी व्यवस्थित गर्ने, महानगर कसरी सफा, हराभरा र सुव्यवस्थित बनाउने यो काठमाडौं महानगरको काम हो । तर काठमाडौं महानगरपालिका कानमा तेल हालेर बसेको छ ।
काम परेपछि भत्काउनुपर्छ तर त्यसको पुनः निर्माणमा ढिलाइ गरेर स्थानीय जनप्रतिनिधिहरुले नागरिकलाई असुविधा दिने छुट पनि छैन । भत्काइसकेपछि त्यसको समय सीमा निर्धारण गरेर काम सम्पन्न गर्नु नै स्थानीय सरकारको दायित्व हो । यसको सबै जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिनुपर्ने हो तर महानगरपालिका उठेको छैन, बागदरबारमै सिमित छ ।
बागदरबारमा रहेको महानगरपालिका त्यहाँबाट बाहिर निस्किएको अनुभूति काठमाडौंवासीले गर्न सकेका छैनन् । मुख्य कुरा त, काम कसरी अघि बढाउने यसको जिम्मेवारी र अधिकार कामनपा प्रमुख बालेन्द्र साहलाई हुन्छ । उनको योजना, कार्यदिशाले काठमाडौं कस्तो बनाउने भन्ने दिशानिर्देश हुनुपर्ने हो । तर, फुटपाथ व्यापारी, सुकुम्बासी बस्ती यी दुई कुरामा बाहेक मेयर शाहको ध्यान केन्द्रित हुन नसकेको देखिन्छ ।
अदालतको आदेश र केन्द्र सरकारले काम गर्न दिएन भन्नु शिवाय उनको शब्द वाक्यांश अरु भेटिँदैनन् । काम गर्नलाइ महानगरका यी दुई क्षेत्र मात्रै छैनन्, सडकको स्तरोन्नति र सुविधा सम्पन्न बनाउनु, सडकमा फोहोरमैलाको व्यवस्थापन गर्नु, न्यायिक समितिलाई प्रभावकारी बनाउनुलगायत धेरै कुराहरु बाँकी छन् । केन्द्रसँग समन्वय र सहकार्यको कमी हुँदा पनि कतिपय काम बन्न सकेका छैनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments