परिवर्तन भयो ट्वीटरको लोगो – चरा गयो कुकुर आयो
- चैत्र २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अब ट्वीटरबाट निलो चरा गायब भएको छ । निलो चराको स्थानमा कुकुरको लोगो आएको छ । ट्वीटरका सिइओ एलन मस्कले ट्वीटरमा केही ढाँचा परिवर्तन गरेका छन् । एलनले अहिले भने ट्वीटरको लोगो नै परिवर्तन गरेका छन् । अब देखी ट्वीटरको लोगो कुकुरको चित्र हुनेछ ।
मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।
साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।
विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।
ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए । तर त्यसको केहीबेरपछि मस्कले ट्वीट गरेका थिए । ट्वीटरको लोगो परिवर्तन भएसँगै ट्वीटरमा ३म्इन्भ् ह्यासट्याग ट्रेन्डिङ भएको छ ।
मस्कले एउटा तस्वीर ट्वीट गरेका छन् । त्यसमा ट्वीटरकै लोगोमा भएको उक्त कुकुर कारको चालक सिटमा बसेको छ र ट्राफिक पुलिसलाई आफ्नो लाइसेन्स देखाइरहेको छ । उक्त लाइसेन्समा ट्वीटरको पूरानो लोगोको रुपमा रहेको निलो चराको फोटो देखिन्छ । त्यसपछि डगीको ट्राफिक पुलिससँग भन्छ ः यो पुरानो तस्वीर हो ।
तस्वीरमा उक्त कुकुर ट्वीटरको सिइओको कुर्सीमा बसेको देखिन्थ्यो । त्यसको अगाडिको टेबलमा एउटा कागज राखिएको थियो जसमा कुकुरको नाम ‘फ्लोकी’ लेखिएको थियो । त्यसको तल उसको पद ‘सिइओ’ लेखिएको थियो ।
यद्यपि उक्त कागजमा ट्वीटरको पुरानै लोगो थियो । मस्कले त्यो पुरानो लोगोलाई सोही कुकुरको तस्वीरले परिवर्तन गर्ने कुराको संकेत त्यहीँबाट गरेका भए पनि त्यसबेला कसैले त्यसको अनुमान गर्न सकेनन् । मस्कले मजाक गरेको सम्झिए ।
एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेसँगै अर्को एउटा ट्वीट पनि गरेका छन् । जसमा उनले लेखेका छन्– बाचा अनुसार ।
वास्तवमा उक्त ट्वीटमा मस्कले एक स्क्रिनसट शेयर गरेका छन् जुन मार्च २६को पुरानो ट्वीट हो । सो स्क्रिनसटमा गरिएका पोस्टमा मस्कले सोधेका थिए– के एक नयाँ प्लाटफर्मको आवश्यकता छ ?
त्यसमा चेयरम्यान नामका प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्– ट्वीटर किन र त्यसको निलो चरावाला लोगोलाई कुकुरमा बदल ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments