चर्चामा रवि
जताजता मुद्दा हाल्नुपर्छ भने हाले हुन्छ देश भित्र हालेर चित्त बुझेन भने अन्तराट्रिय अदालतमा समेत हाल्दा हुन्छ – अध्यक्ष लामिछाने रास्वपा
- चैत्र २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जति मुद्दा हाले पनि आफू नडराउने बताए।
‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ’, लामिछानेले भने, ‘म यस्ता मुद्दाबाट डराउनेवाला छैन। ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन।’
आफूले पुराना भ्रष्टाचारको फाइल खोल्ने भनेर संसदमै उद्घोष गरेकाले आफूलाई सिध्याउन भएभरको स्रोत साधन लगाइएको लामिछानेको आरोप छ । आफूले कुनै अपराध नगरेको भन्दै उनले आफ्नो अवस्थाबारे कुनै नलुकाइ इमानदारिता पूर्वक बताएको उल्लेख गरे।
‘मैले इमान्दारिपूर्वक आफ्नो अवस्थाबारे बताएको छु, लुकाएको छैन’, लामिछानेले भने, ‘मैले अपराध गरेको भए पीडित को हो? देखाउनुप¥यो । मैले अन्याय गरेको भए कसलाई अन्याय भयो एक जना मान्छे देखाइदिनुप¥यो ।’
आफूहरूले हत्या, हिंसा नगरी, टायर नबली शान्तिपूर्ण विद्रोह गर्दै ६ महिनाको तयारीमा २० जना सांसद लिएर जान सफल भएको लामिछानेको भनाइ छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments