धर्मको परिभाषा र प्रभाव सर्वजनहितायको भावनाले ओतप्रोत हुनुपर्छ – उपराष्ट्रपति यादव
- चैत्र २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
धर्मको परिभाषा र प्रभाव सर्वजनहितायको भावनाले ओतप्रोत हुने बताएका छन् उपराष्ट्रपति रामसहायप्रसाद यादवले ।
मंगलवार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताएका हुन्।
उनले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रूपमा अघि बढ्न प्रेरित गर्ने बताए। उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
‘नेपालमा जैन धर्मावलम्बीहरू प्रायः नेपालको सबै ठाउँमा विभिन्न समुदायबीच मिलेर बसेका छन्। जहाँ रहे पनि भगवान् महावीरका उत्कृष्ट सिद्धान्तलाई अनुसरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न सफल छन्, अहिंसा, शान्ति, एकान्तवाद, नैतिकता, सच्चरित्रता एवं जैन धर्मका महत्त्वपूर्ण पक्षलाई जनजनमा लैजान संगठनको ठूलो भूमिका हुन्छ। कुनै पनि संस्थाको अविरल गतिले सञ्चालन हुँदै ५४ वर्ष पूरा गर्नु आफैँमा गर्वको विषय हो’, उनले भने, ‘भगवान महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक छन्। धर्ममा नैतिकता, प्रमाणिकता, प्रतिबद्धता र सत्यता हुन्छ। त्यसले मात्रै हामीलाई कुनै पनि सुमार्गमा लैजान सक्छ ।
धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ। धर्मको परिभाषा त्यसको प्रभाव सर्वजनहितायको भावनाले ओतप्रोत हुन्छ। धर्मले नै यस संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रूपमा अघि बढ्न प्रेरित गरेको हुन्छ।’
उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तलाई अनुसरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनुयायी सफल रहेको बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments