राजनीति /मधेश
मधेश प्रदेश सरकारबाट एमाले बाहिरीँदै
- चैत्र २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
केन्द्रमा देखीएको सरकार परिवर्तनको खेलोले अहिले मधेश प्रदेशलाई अछुत राख्न सकेन । अहिले मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरीएको छ ।
पार्टीको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गर्ने तयारी भइरहेको गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिए ।
मधेश प्रदेश सरकारमा एमालेका चार जना मन्त्री छन्। गृह तथा सञ्चारमन्त्री सिंहसहित भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, कानुन–न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो.जैद आलमले आजै राजीनामा दिने तयारी गरेका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्ने मन्त्रीको तयारी छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश प्रदेशको सबैभन्दा ठूलो दल एमाले प्रतिपक्षमा बस्ने निर्णय पुगेको हो । मधेशमा एमालेका २३ सांसद छन्। यसअघि जसपाका यादवलाई मुख्यमन्त्रीमा समर्थन गरेर एमालेले सरकार बनाएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments